१६ चैत्र २०८०, शुक्रबार

प्रदेश १ को संसद अधिवेशन आज शुरु हुँदै

province 1

प्रदेश १ को संसद अधिवेशन आजदेखि शुरु हुँदैछ ।

आज शुरु हुने अधिवेशनमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने तयारी गर्नुभएको छ । नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्य अल्पमतमा हुनुहुन्छ ।

नेकपा एमालेका ५१ सांसदमध्ये १० जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि आचार्यको पक्षमा ४१ सांसद छन् ।
कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपासहितको गठबन्धनमा ५० जना सांसद छन् ।

९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश( १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

सत्तारुढ गठबन्धनले प्रदेश १ र बागमतीको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरिसकेको छ । बागमती प्रदेशको अधिवेशन पनि यही असोज २४ गते शुरु हुँदैछ ।