१३ बैशाख २०८१, बिहीबार

टुंग्यायो एकीकृत समाजवादीले मन्त्री बन्नेको नाम, को–को बन्दैछन् मन्त्री ?

madhav
फाइल फोटो

नेकपा एकीकृत समाजवादीले मन्त्री बन्नेको नाम टुंगो लगाएको छ । एकीकृत समाजवादीको आज बिहान बसेको केन्द्रीय सचिवालय बैठकले मन्त्री बन्नेको नाम र मन्त्रालयको टुंगो लगाएको हो ।

एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री स्वास्थ्य मन्त्री, विरोध खतिवडा शहरी विकास, प्रेम आले पर्यटन र किसान श्रेष्ठ श्रम तथा रोजगार मन्त्री बन्ने हुनुभएको छ । त्यसैगरी एकीकृत समाजवादीले भवानी खापुङलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ । तर खापुङले राज्यमन्त्री अस्वीकार गरेको र पनि उहाँलाई राज्यमन्त्रीका लागि मनाउने बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको तीन महिनापछि आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रिपरिषदको विवाद टुंगो लागेसँगै आज मन्त्रिपरिषद विस्तार गरी आज साँझ ४ बजे मन्त्रीहरुलाई शपथ खुवाउने तयारी छ ।