७ बैशाख २०८१, शुक्रबार

सबैको सहमतिमा मात्र एमसीसी अघि बढ्छः परराष्ट्रमन्त्री खड्का

minister dr. narayan khadka 17

परराष्ट्रमन्त्री डा. नारायण खड्काले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे दलहरुको एकस्वर हुनुपर्ने बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा मन्त्री डा. खड्काले एमसीसी सम्झौता सबैको सहमतिमा मात्र अघि बढाउन सकिने बताएका हुन् ।

मन्त्री डा. खड्का माओवादी र कांग्रेसको गठबन्धन सरकार भएका बेला तत्कालीन अर्थमन्त्रीले एमसीसी सम्झौतामा हस्ताक्षर गरेको स्मरण गराउँदै मन्त्री खड्काले राष्ट्रिय हितमा छ कि छैन भन्ने कुरा त्यसअघि किन अध्ययन नगरिएको हो भनेर प्रश्न समेत गरेका छन् ।

एमसीसी सम्झौता पास नगर्दा हुने क्षति कसरी न्यूनीकरण गर्ने भनेर पनि सोच्नुपर्ने उनले बताए ।