६ चैत्र २०८०, मंगलवार

कक्षा १२ को परीक्षा बुधवारदेखि शुरु हुँदै, सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र

Exam Student
फाइल फोटो

कक्षा १२ को परीक्षा बुधवारदेखि शुरु हुँदैछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सनोठिमीले बुधवारदेखि कक्षा १२ को परीक्षा लिन लागेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले यसपटकको परीक्षा कोरोना भाइरसको संक्रमणका कारण सम्बन्धित विद्यालयमै लिने व्यवस्था गरेको छ । अर्थात विद्यार्थीहरुले आफू पढेको विद्यालयमै परीक्षा दिन पाउनेछन् । परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्न निर्देशन दिएको छ ।

परीक्षा असोज ८ गतेसम्म संचालन हुने बोर्डका सदस्यसचिव दुर्गा अर्यालले बताउनुभयो । यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । यसअघि बैशाखमा परीक्षा गर्ने तयारी थियो ।

कक्षा १२ को परीक्षामा यसपटक तीन लाख ७२ हजार तीन सय ४८ परीक्षार्थी सहभागी हुदैछन् ।