१४ बैशाख २०८१, शुक्रबार

प्रचण्डप्रति ओलीको कटाक्षः उहाँ सबै हिसावले राम्रो हुनुहुन्छ तर छट्टु धोकेबाज नेता !

kp oli 3
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धोकेबाज नेता रहेको बताएका छन् ।

झापा जिल्ला कमिटीले मंगलबार विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले प्रचण्डको चर्को आलोचना गरेका छन् ।

‘उहाँ एउटा असल काका हो, असल ससुरो तर धोकेबाज नेता हो’, उनले भने, राम्रो सम्धि, राम्रो ससुरो, राम्रो ज्वाइँ, राम्रो बाँ, राम्रो काका। बेइमान नेता ।’ उनले भने, उहाँ सबै हिसावले राम्रो हुनुहुन्छ एउटा मात्रै खराबी छ, छट्टु नेता धोकेबाज नेता ।, कार्यकर्तालाई छक्याएर, मराएर अनि तीनको रगतमाथि आफ्नो राजनीतिक दुनो सोझो पारिहाल्ने ।’

यस्तै ओलीले माधव नेपालले चुनावमा वडा अध्यक्ष पनि नजित्ने टिप्पणी गरेका छन् । कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताले माधव नेपाललाई किन भोट दिने भन्दै प्रश्न गरे ।

प्रचण्डले आफूहरुले वडामा पनि जित्न हम्मेहम्मे पर्ला जस्तो छ भनेको भन्दै ओलीले खुसी लागेको बताए । ‘उहाँले चुनावभन्दा अगाडि नै राम्ररी कुरा बुझेको देखेर मलाई खुसी लाग्यो’, उनले भने ।

माधव नेपालले अर्को पार्टी बनाउनका लागि पार्टी विभाजन नगरेको बताए । उनले एमाले फुटाउन मात्रै खोजेको ओलीको भनाइ छ ।