१३ बैशाख २०८१, बिहीबार

ओलीको टिप्पणी : माधव नेपालले वडा सदस्य पनि जित्दैनन्

KP OLI Pokhara
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले चुनावमा वडा अध्यक्ष पनि नजित्ने टिप्पणी गर्नुभएको छ। बिर्तामोडमा आयोजित झापा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपालले वडा सदस्य पनि नजित्ने दाबी गर्नुभएको हो ।

ओलीले जनताले अब माधव नेपाललाई किन भोट हाल्ने भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘माधव नेपालले वडा त के वडा सदस्य पनि जित्दैनन्। माधव नेपाललाई जनताले किन भोट हाल्ने ? एमाले फुटाएको हुनाले ? एमाले टुक्र्याएको हुनाले ? के कारणले माधव नेपालाई भोट हाल्ने ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले वडामा पनि जित्न हम्मेहम्मे पर्ला जस्तो छ भनेको भन्दै ओलीले खुसी लागेको बताउनुभयो । उहाँले प्रचण्डले चुनाव अघि नै राम्ररी कुरा बुझेको बताउनुभयो ।