८ बैशाख २०८१, शनिबार

दैलेखकमा एक शिक्षकको विभत्स हत्या

teacher murder

दैलेखमा एक शिक्षाको विभत्स हत्या भएको छ । दैलेखको गुराँस गाउँपालिका– ८ मा एक शिक्षकको विभत्स हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले मंगलबार रक्ताम्य अवस्थामा शिक्षक नगेन्द्र विसीको शव फेला परेको जानकारी दिए ।

विसी धरमपोखरास्थित मालिका माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका थिए । शिक्षकको हत्या भएको हुनसक्ने प्रहरीको भनाई छ ।

अहिले प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगिसकेको छ । घटनाबारेमा प्रारम्भिक अनुसन्धान सुरु भइसकेको प्रहरीले जानकारी दिएको छ ।