
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी खर्च हिजो जसरी चलेको थियो त्यसरी नै चल्ने बताउनुभएको छ । संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री देउवाले बजेट प्रतिस्थापन विधेयक संसद्मा पारित नहुँदा आइसक्ने कानुनी जटिलताले सरकारी खर्च गर्न नरोकिने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘हिजो जसरी खर्च चल्यो त्यसरी नै चल्छ ।’ यता अर्थमन्त्री जनार्दन शर्माले भने प्रतिस्थापन विधेयक अल्झिएकाले ५, ७ दिन सरकारी खर्च रोकिन सक्ने बताउनुभएको छ । अर्थमन्त्री शर्माले सरकारी खर्च ५, ७ दिन रोकिँदा फरक नपर्ने समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सहमति भए सहमतिअनुसार पारित गर्छौं । सहमति नभए नियमित प्रक्रिया पूरा गर्छौं । पारित गर्नका लागि केही समय ग्याप रह्यो भने केही समय खर्च गर्न नसक्ने पनि हुन सक्छ ।