७ आश्विन २०७८, बिहीबार

सन्तानको नाम ‘भ्लादिमिर पुटिन’ राख्न स्वीडेनका दम्पतीलाई प्रतिबन्ध !

photo 1522700373732 73f561debf0b

आफ्नो सन्तानको नाम नयाँ र अनौठो होस भन्ने प्रायः अभिभावकको चाहना हुन्छ । यस्तै अनौठो नाम दर्ता गर्न कार्यलय पुगेका स्वीडेनका एक दम्पत्तीलाई भने प्रतिबन्ध लगाइएको छ ।

नवजात शिशुको नाम भ्लादिमर पुटिन राख्न खोजेपछि  कर कार्यलयका अधिकारीहरुले उनीहरुलाई रोक लगाएका हुन् । प्रस्तावित नाम रसियाली राष्ट्रपतिको नामसँग जुध्ने भएकोले त्यसको विकल्प रोज्न कर अधिकारीहरुले अनुरोध गरेका थिए ।  रसियाका राष्ट्रपतिको नाम पनि भ्लादिमिर पुटिन हो ।

स्विडेनमा अपमानजनक वा अस्वभाविक सुनिने नाम राख्न रोक छ । प्रतिवन्धपछि दक्षिणी स्विडेनका ती अभिभावकलाई अर्काे नाम ल्याउन कार्यलयले अनुरोध गरेको थियो । 

यसअघि कर कार्यलयले अल्लाह, फोर्ड, मिसेल ज्याक्सन, पिल्जनर, क्यू एन्ड टोकन जस्ता नाम अस्वीकार गरेको थियो । 

नामको विषयलाई लिएर स्वीडेनमा बारम्बार विवाद हुने गर्छ । यसअघि एक अभिभावकले आफ्नो सन्तानको नाम गुगल राखेका थिए । तर, कार्यलयले सो नामको बिरोध गरेन  आफ्ना सन्तानको नाम राख्ने मामिलामा स्विडेनका अभिभावक ‘चुजी’ छन् । लुकास, लियाम , विलियम , एलिस, ओलिभिया अभिभावकले सर्वाधिक रुचाइएका नाम हुन्

    सम्बन्धित समाचार...