१५ बैशाख २०८१, शनिबार

सात हजार जनाले दिए इजरायल जान भाषिक परीक्षा, नतिजा कहिले ?

Israel

केयरगिभरका रूपमा इजरायलमा रोजगारीका लागि जान ७ हजार बढीले भाषिक परीक्षा दिएका छन् ।

सोमबार भएको परीक्षामा सात हजार सात जना सहभागी भएका थिए । सरकारी पहलमा इजरायलमा रोजगारीका लागि जाने श्रमिक छनोटका लागि अँग्रेजी भाषाको परीक्षा लिइएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार रोजगारीका लागि आवेदन दिएका नौ हजार ६९९ मध्येबाट भाषा परीक्षामा सात हजार सात जना सहभागी भएका छन् ।

विभागका निर्देशक एवं प्रवक्ता कमल ज्ञवालीले परीक्षाफल छिटोमा दुुई दिन र बढीमा तीन÷चार दिनभित्रमा सार्वजनिक हुने जानकारी दिनुुभयो । उत्तरपुस्तिकाको जाँच कम्प्युटर प्रणालीबाट गरिने जनाइएको छ ।

निर्देशक ज्ञवालीका अनुसार उत्तीर्ण भएका परीक्षार्थीले ल्याएको अङ्कका आधारमा एक हजार ६८० जना छनोट गरिनेछ । जसमा इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार ७० प्रतिशत महिला र ३० प्रतिशत पुुरुष हुनेछन् । विभागले भाषा, लिखित परीक्षा र शारीरिक परीक्षणपछि विभागले एक हजार ४०० जनालाई छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा पठाउनेछ । विभागले पठाएको नामावलीका आधारमा दूतावासले चिट्ठा प्रक्रियाबाट एक हजार श्रमिक छनोट गरेर भिसाको प्रक्रिया सुरु गर्नेछ ।

विभागका अनुसार इजरायलमा रोजगारीका लागि छनोट भएर गएका श्रमिकको मासिक तलब नेपाली विनिमयअनुसार करिब दुुई लाख रुपियाँ हुनेछ । सो तलब सातामा ४२ घण्टाको हिसाबमा हुन्छ ।

    सम्बन्धित समाचार...