१६ चैत्र २०८०, शुक्रबार

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

house

प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको छ । बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् ।

संघीय संसद सचिवालयकाअनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै बैठकमा २०४८ सालमा राष्ट्रियसभामा मनोनित सदस्य रुक्म शम्शेर जवराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

download