१२ बैशाख २०८१, बुधबार

बाढी प्रभावितलाई सहयोगको लागि दीर्घकालीन निति बनाउनु पर्छ: पुर्व मन्त्री बस्नेत

241916079 157329396553741 8729670448075808519 n

जिल्लाका बाढी प्रभावितलाई सहयोगको लागि दीर्घकालीन निति बनाउ पर्ने पुर्व मन्त्री एवम् नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य विपद ब्यबस्थापन समितिका सयोजक मोहन बहादुर बस्नेले बताउनुभएको छ । विपदमा काङ्ग्रेसको भुमिका बिषयमा मेलम्चीमा आयोजित छलफल कार्यक्रममा बस्नेतले यस्तो बताउनुभएको हो ।

नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक प्रतिनिधि सभा २ को प्रदेश ख ले पीडितहरुको सुझाव लिन गरेको कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दलले जनता पहिला जोगाउनु कर्तव्य रहेको ,जनता नै नभए राजनीतिको अर्थ नरहने भन्दै नेता बन्न खोज्नहरुले जनताको लागि सोच्नुपर्ने बताउनुभयो ।

हेलम्बु मेलम्चीका स्थानीयले बाढीको पिडा भोगेका छन उनीहरुको लागि हामीले सोच्न पर्दछ उहाँले भन्नुभयो , “बाटो घाटो पुल पुलेसा निर्माण तत्काल गर्न पर्ने र पीडित स्थानीयको लागि दीर्घकालीन कार्य योजना बनाएर सहयोग गर्नुपर्दछ । ” सिन्धुपाल्चोकमा बामपंथी गठबन्धनले निर्वाचन जितपनि जनताको लागि सिन्को भान्च नसकेको उहाँले आरोप लगाउनुभयो ।

सभामुख देखि सघिय मन्त्री, प्रदेश मन्त्री हुदा समेत हेलम्बु र मेलम्चीका बाढी पीडितले राहत समेत नपाएको बस्नेले बताउनुभयो । उहाँले सिन्धुपाल्चोक मात्रै नभएर देशैभर काँग्रेसले प्राकृतिक विपत्तीमा अविभावकीय भुमिका खेलेको बताउनुभयो ।

कार्यक्रमा बोल्दै केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्क्री बिष्णु वित्रम थापाले मेलम्ची बासीको विपत्तीमा हरदम साथ दिन काँग्रेस तयार रहेको बताउनुभएको छ । क्षेत्र न. २ प्रदेश सभा (ख) का सभापती रामबाबु लुईटेलको सभापतित्वमा भएको कार्यक्रममा जिल्लाका पुराना नेता भोला बोहोरा, प्रदेश साँसद निमा लामा , नेपाली काँग्रेसका प्रचारप्रसार विभाग केन्द्रीय सदस्य सागर श्रेष्ठ, युवा नेता प्रेमध्वज लामा लगायतले बोल्नुभएको थियो ।