
आज बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा पनि नेकपा एमालेका सांसदहरुले अबरोध नै गरे ।
पहिलो बैठकमै नेकपा एमालेका सांसद र सभामुख अग्निप्रसाद सापकोटाबीच दोहोरी चल्यो ।
एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर जस्ता नारा लगाएर संसद अवरुद्ध गरेका थिए ।
एमाले सांसदहरु महेश बस्नेत, कृष्णगोपाल श्रेष्ठ, नीरु पाल लगायतले सभामुखविरुद्ध नाराबाजी गरेका थिए ।
सभामुखले सदन सहज ढंगले सञ्चालन गर्न आग्रह गरे ।