१३ बैशाख २०८१, बिहीबार

टाटा सुमो ओखलढुंगामा दुर्घटना हुँदा एक जनाको निधन, नौ जना घाइते

accident okhaldhunga

ओखलढुंगाको मोनभञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।

आइतबार मोनभञ्ज्याङ गाउँपालिका–६ मितेरीभन्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा एकजनाको घटनास्थलमै निधन भएको हो ।

दुर्घटनामा नौजना घाइते भएका छन् ।

घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि घुर्मी पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

डिएसपी काफ्लेका अनुसार आइतबार दिउँसो मानेभज्याङ गाउँपालिका–१ मोलीबाट काठमाडौंका लागि छुटेको बा११च ५२१० नम्बरको स्कारपियो सुमो दुर्घटनामा परेको हो ।

डिएसपी काफ्लेसहितकोे टोली घटनाथस्थलमा गइरहेको र यसबारे पूर्ण विवरण आउन बाँकी छ ।