८ बैशाख २०८१, शनिबार

चलचित्र ‘गोर्खे’को पोस्टर सार्वजनिक

gorkhe movie

कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको चलचित्र ‘गोर्खे’को पोस्टर सार्वजनिक गरिएको छ।

सार्वजनिक भएका दुई पोस्टरमा अभिनेता रविन्द्र प्रताप सेनलाई विशेष प्राथमिकता दिइएको छ । एउटामा सैनिक पोशाकमा रविन्द्र हातमा बन्दुक बोकेर क्रोद्धित मुद्रामा देखिएका छन् भने अर्कोमा हातमा खुकुरी बोकेर दौडिरहेका छन् ।

यसअघि ‘सिन्के अचार’ र ‘गाउँ भरि हल्ला भो’ बोलको गीत सार्वजनिक गरेर दर्शक श्रोताको मन जितेको यस सिनेमाले चैत्र २८ गते लाई प्रदर्शन मिति तय गरेको थियो । तय गरेको मितिमा कोरोना प्रभावले गर्दा सो मितिमा अब सिनेमा रिलिज भने नहुने भएको बताए निर्माण निर्माण पक्षले ।
पाल्पा ,बर्दघाट,धम्पुस,पोखरा र काठमाण्डौ लगायत नेपालको रमणीय स्थानहरुमा छायांकन गरिएको यस सिनेमालाई निर्देशक किम्मत गौतमले निर्देशन गरेका हुन ।

gorkhe movie 1

गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको पात्र लाई सिनेमामा देख्न पाईने बताए निर्माता हरि थापाले।
सिनेमामा रबिन्द्र प्रताप सेन,अन्जली अधिकारी,अर्जुन गुरुङ्ग,आश्मी लामा,आश्मी श्रेष्ठ,एन्जेल श्रेष्ठ ,बाल्दिप राई लगायतकाको प्रमुख अभिनय रहेको छ। सौरब लामा र निरज कंडेलले खिचेको यस सिनेमाको कथा भने काजी लिम्बुले लेखेका हुन।

करिब ४५ दिनमा छायांकन सकिएको छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको छ । हाल लाई नेपाल प्रदर्शन मिति तय नभएको यस सिनेमाको अस्ट्रेलिया र अमेरिकामा शो पनि केहि समय पछी सरेको बताए निर्माता निर्माता हरि लामाले।

हामीले नेपाल प्रदर्शन मिति तय गरेका छैनौ तर बिदेशको केहि शो पस्चात भने नेपाल रिलिज मिति तय गर्नेछौू निर्माता हरि लामाले हामि संग भन्नुभयो। मित्र डी गुरुङको सम्पादन रहेको छ ।

    सम्बन्धित समाचार...