१३ बैशाख २०८१, बिहीबार

कोरोना प्रभाब : ‘२ नम्बरी’ र ‘के घर के डेरा’को छायाँकन स्थगित

k ghark dera

बिश्वब्यापि माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको कुरा बिश्व स्वास्थ्य सँगठनले बताएका छन । सोहि कारण नेपालमा पनि त्रास फैलिरहेको छ भने यसको असर नेपाली फिल्मक्षेत्रमा समेत परेको छ ।

यसबाट सर्तकता अपनाउनका लागि सरकारले नै बैशाख १८ सम्मको लागि फिल्म हलहरु बन्द गरेका छन । यसको असरले प्रर्दशनको तयारिमा रहेको फिल्महरको रिलिज स्थगित भएको छ ।
भने हाल छायाँकन भइरहेको केहि फिल्मले छायाकन रोकेका छन ।

छायाँकनको तयारिमा रहेको फिल्महरुको छायाँकन स्थगित भइरहेको छ । यस्तैमा हाल छायाँकन भइरहेको फिल्म ‘२ नम्बरी’को छायाँकन रोकिएको छ । छायाँकन रोकिएको कुरा फिल्मको निर्देशक दिपेन्द्र लामाले फेसबुकमा फोटो सेयर गर्दे अशान्त मन र मस्तिष्क लिएर काम गर्न गाह्रो हुने भएकाले ‘२ नम्बरी’को छायाँकन हाललाय रोकेको र स्थिति सामान्य भएपछि पुन छायाँकन गर्ने बताउका छन ।

यस्तै चैतको दोस्रो साताबाट छायाँकनको तयारिमा रहेको फिल्म ‘के घर के डेरा’को समेत छायाँकन स्थगित गरिएको छ । कोरोनाको कारण सरकारले पनि फिल्मसँग सम्बन्धिको गतिबिधि नगर्न आह्वान गरेका र यसको अबस्था समान्य नभएसम्मको लागि छायाँकन रोकिएको निर्माण टिमले बताएका छन ।

त्यस्तै सबैभन्दा ठुलो स्वास्थ्य रहेको र सबैको स्वास्थ्यको प्राथमितामा ध्यान राख्दै स्थगित गरिएको र सम्पुर्ण देशबासिलाइ यस भाइरसबाट सुरक्षित रहन तथा सर्तकता अपनाउन समेत आग्रह गरेका छन ।
केहि अगाडि घोषणा गरिएको यस फिल्मलाइ सुब्रतराज आचार्यले निर्देशन गर्नेछन भने फिल्ममा दयाहाङ राई ,बिपिन कार्की ,बर्षा राउत, रबिन्द्र खडका ,लुनिभा तुलाधार लगायतको अभिनय रहने छ ।
३५ बर्ष अगाडि प्रदिप रिमालको निर्देशनमा बनेको फिल्म ‘के घर के डेरा’को नाम सापटि लिएर बन्न लागेको यस फिल्मको निर्मातामा राजिब श्रेष्ठ र किरण महर्जन कार्यकारी निर्मातामा सिङगे लामा र सह निर्मातामा यम प्रसाद ओलि रहेका छन । काठमाडौमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा फिल्म निर्माण हुने भएको छ ।