८ बैशाख २०८१, शनिबार

भारतमा कोरोनाबाट ज्यान जानेको संख्या ७ पुग्यो

corona india

भारतमा कोरोना भाइरस अर्थात कोभिड–१९ बाट ज्यान जानेको संख्या ७ पुगेको छ ।

कोरोना भाइरस संक्रमित एक वृद्ध व्यक्ति उपचारको क्रममा मृत्यु भएको छ । यो केस गुजरातको सुरतको हो। यो कोरोना भाइरसको कारणले यो सातौं मृत्यु हो, जबकि यो गुजरातमा कोरोनाको कारण पहिलो मृत्यु हो। सूरतको एउटा निजी अस्पतालमा उपचारको क्रममा 67 वर्षीय वृद्धको मृत्यु भएको हो । कोरोनाबाट पीडित व्यक्ति ट्रेनबाट दिल्ली र जयपुरबाट सूरत आए थिए।

आइतबार मुम्बईमा छ जना र पुणेमा चारजना गरी महाराष्ट्र राज्यमा थप १० जना नयाँ सङ्क्रमित फेला परेको छ। महाराष्ट्रको स्वास्थ्य विभागका अनुसार त्यहाँ ७४ जनामा सङ्क्रमण भेटिएको छ भने एकजनाको ज्यान गएको छ। भारतमा अहिलेसम्म सङ्क्रमितहरूको सङ्ख्या ३४१ पुगेको त्यहाँको मेडिकल रिसर्च एशोसियसनले उक्त जानकारी दिएको हो।

नेपालको सिमाना जोडिएको बिहार राज्यमा २ नयाँ संक्रमित फेला परेको र १ को ज्यान गएको जनाइएको छ। राजधानी पटनाको एम्स अस्पतालमा रहेको उक्त व्यक्तिको ज्यान गएको हो । हालै कतारबाट फर्किएका ती व्यक्तिको शनिबार ज्यान गएको पुष्टि भएको जनाइएको छ ।

भारतमा कोरोनाभाइरसको महामारीविरुद्ध आजदेखि जनता कर्फ्यु लगाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता नै आजको जनता कर्फ्यु घोषणा गर्दै कोरोना भाइरसविरुद्ध लड्ने भारतीय क्षमताको परीक्षण हुने बताएका थिए। मोदीले नागरिकहरूलाई आइतबारर बिहान सात बजेदेखि बेलुका नौ बजेसम्म घरभित्रै बस्न आग्रह गरेका थिए।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका १८५ भन्दा बढी देशमा फैलिसकेको छ । एजेन्सी

    सम्बन्धित समाचार...