८ बैशाख २०८१, शनिबार

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले सरकारलाई पठायो जवाफीपत्र

MCC 1

अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले विवादित विषयमा नेपाल सरकारले पठाएको पत्रको जवाफ दिएको छ ।

सरकारले गत भदौ १८ गते अमेरिकी दूतावासमार्फत् एमसीसी मुख्यालयलाई एमसीसी अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत हो या होइन, दुई देशबीच भएको सम्झौता नेपालको संविधान र कानूनभन्दा माथि रहने या नरहनेलगायतका विषयमा ११ बुँदे प्रश्न सोधेको थियो ।

बुधबार एमसीसी मुख्यालयले लिखितरुपमै जवाफ पत्र पठाएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो । यसबारे अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवाबीच अहिले छलफल भइरहेको बताइएको छ ।