१६ चैत्र २०८०, शुक्रबार

देउवाको गृहजिल्लामै कांग्रेस कार्यकर्ताबीच कुटाकुट

21631110502

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडलधुरामा क्रियाशील सदस्यतालाई लिएर विवाद बढेपछि कार्यकर्ताबीच कुटाकुट भएको छ । आपसी मतभेदका बीच नामावली सार्वजनिक भएपछि कार्यकर्ताबीच कुटाकुट भएको हो ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडलधुरामा आसन्न वडा, गाउँ तथा नगरको अधिवेशन तोक्न बसेको जिल्ला कार्यसमिति बैठकमा विवाद हुँदा कार्यालयमै कार्यकर्ताबीच कुटाकुट भएको छ ।

सातौँ जिल्ला अधिवेशनका लागि डडेल्धुरामा खटिएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बैठक पुस्तिकामा हस्ताक्षर नगरेपछि शुरु भएको विवाद अन्ततः कुटाकुटमा परिणत भएको हो । क्रियाशील सदस्यताको विषयमा छलफल भइरहँदा निर्वाचन अधिकृतले एक पक्षीय साथीहरुलाई दुरासयपूर्ण तरिकाले उस्काउनुका साथै गैरजिम्मेवारी रूपमा अभिव्यक्ति दिएका कारण पार्टी कार्यालयमै झडप भएको डडेल्धुराका कांग्रेस सभापति कर्णबहादुर मल्लले जानकारी दिनुभयो ।

1415596965

डडलधुरा कांग्रेसमा दुई गुट सक्रिय छन् । जिल्ला सभापति मल्ल र केन्द्रीय सभापति देउवाको गुट छ । सभापति देउवाको गुटमा पूर्वजिल्ला सभापति रघुवर भट्ट, गोविन्द बोहरा र भीमबहादुर साउँदलगायतका नेताहरू छन् । यी दुई समूहबीच बेलाबेलामा पार्टीभित्रको विवाद कुटाकुटसम्म पुग्ने गरेको डडेलधुरा कांग्रेसका पूर्वसभापति रघुवर भट्टले बताउनुभयो ।

निर्वाचन अधिकृत तोकिएका बमले केन्द्रीय निर्वाचन समितिको निर्णयअनुसार भदौ २५ गते वडा अधिवेशनको मिति तोक्नुभएको छ । तर, नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भने सातौं जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको निर्वाचन अधिकृत लोकेन्द्र बमले जानकारी दिनुभयो ।

जिल्लाबाट केन्द्रमा पठाइएको नाम हटेपछि विवाद चर्किएको हो । वडा, पालिका, प्रदेश, क्षेत्र र जिल्ला कार्यसमितिबाट निर्णयसहित अनुमोदन गरिएका ४०० भन्दा बढी सदस्यको नाम हटाइएको छ ।

1415369613