१५ बैशाख २०८१, शनिबार

शुरु भए लगत्तै एमालेद्वारा संसद बैठक अवरुद्ध, १५ मिनेटका लागि स्थगित

Capture1631097340

प्रतिनिधिसभा बैठक शुरु भएको छ ।

बैठक आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त सन्देश वाचन लगत्तै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारबाही गरेका सांसदहरुलाई सदनमा उपस्थित गराइएकोमा विरोध गर्नुभएको थियो ।

उहाँको विरोध मन्तव्यपछि एमालेका सांसदहरुले रोस्टमअघि नाराबाजी गरेका थिए । 

पटक पटकको आग्रहपछि पनि नाराबाजी नरोकिएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको छ ।