१८ बैशाख २०८१, मंगलवार

पाँच मन्त्री र चार राज्यमन्त्री थप सहित बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार

613877ba8c15f bagmati

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । मुख्यमन्त्री शाक्यले बुधबार मन्त्रिपरिषद् विस्तार गरी ११ सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले ) भएर नेकपा (एकीकृत समाजवादी) नयाँ दर्ता भएसँगै अल्पमतमा पर्नुभएका मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद्मा पाँच मन्त्री र चार राज्यमन्त्री थप गर्नुभएको छ ।

मुख्यमन्त्रीको शाक्यको शिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रीहरुलाई नियुक्त गरी सपथ ग्रहण गराउनुभएको छ ।

भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएसँगै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएका शाक्यको मन्त्रिमण्डलबाट सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालले राजीनामा दिएसँगै दुई सदस्यीय मन्त्रिपरिषद् मात्र रहेको थियो ।

मन्त्री पाण्डेले यसअघि नै आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय केशवराज पाण्डेले सम्हाल्दै आउनुभएको थियो ।