१५ चैत्र २०८०, बिहीबार

बामदेव पत्नी तुलसा एमाले संसदीय दलको बैठकमा

Tulasa Gautam

पार्टी परित्याग गरेर हिँडेका बामदेव गौतमकी पत्नी तुलसा थापामगर नेकपा (एमाले) संसदीय दलको बैठकमा उपस्थित भएकी छिन् ।

बानेश्वरस्थित संघीय संसद भवनमा सुरु भएको संसदीय दलको बैठकमा गौतम पत्नी थापा उपस्थित भएको सांसद् कोमल वलीले जानकारी दिएकी छिन् ।

आजदेखि सुरु हुने संघीय संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा एमालेले दलको बैठक बोलाएको थियो । बैठक जारी छ ।