१२ बैशाख २०८१, बुधबार

प्रचण्डले भने, ‘अब माओवादी विघटन गरे हुन्छ’

prachanda IRyjsLNp44
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले माओवादी विघटन गर्नुपर्ने बताएका छन् । आज शहिद शुरेश वाग्लेको स्मृति सभामा उनले यस्तो बताएको हो । उनले पार्टीभित्र गतल प्रवृति बढेको बताए ।

उनले पार्टीभित्रको गुट, अराजक, भ्रष्टार,दलालहरुसँगको साँठगाँठ लगायतको काम गर्दै पद र पैसा प्राप्त गर्न शैली बढीको भन्दै अब माओवादी आन्दोलन र पार्टीको औचित्य नभएको बताए । यसरी पार्टी चलाउनुभन्दा बरु माक्स र लेनिनको इमान्दार चेला भएकोले माओवादी विघटन गर्नु ठिक हुने बताए ।

उनले अहिले माओवादीभित्र एमाले चरित्र हावी भएको बताए । उनले एमालेहरु कुनै योजनाविना पद, पैसा, पावरको लागिमात्र लागेको उनले बताए । उनले एमालेभित्र रहेको भ्रष्टाचारी, दलाली, गुट, उपगुट गर्दै व्यक्ति आफू सुरक्षित हुने प्रवृति माओवादीमा पनि देखिएको बताए । उनले माओवादी आन्दोलनको उदेश्य र बाटो यो नभएको भन्दै यस्तो गलत प्रवृतिलाई हटाउन कार्यकर्तालाई आग्रह गरे ।

उनले अहिले एमाले अध्यक्ष केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री र राष्ट्रपति भएको बेलापनि मदन भण्डारीको विषयमा कुनै खोज तथा अनुसन्धान नगरेको बरु भण्डारीको नाम बेचेर खाइरहेको बताए । उनले एमाले विचार विहिन पार्टी रहेको र माओवादीका नेता कायकर्ताहरुको शैली त्यही हुँदै गएकोले रुपान्तरण हुन आवश्यक रहेको बताए ।