१५ बैशाख २०८१, शनिबार

शक्तिशाली भूकम्प मेक्सिकोमा, रोमा सरमा बिजुली अवरूद्ध

0fd234e8cbb1d989f77ba9b2c932b98ac16def33 16x9

मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समयअनुसार मंगलबार राति दक्षिण पश्चिम मेक्सिकोमा गएको भूकम्प ७ म्याग्नेच्युड मापन भएको समाचारमा जनाइएको छ ।

अमेरिकाको युएस जिओलजिकल सर्भेका अनुसार तटीय सहर अकापुल्कोदेखि ११ माइल टाढा केन्द्रबिन्दु बनाएर भूकम्प आएको हो।

भूकम्पको धक्का २३० माइल टाढाको राजधानी मेक्सिको सिटीसम्म महशुस गरिएको थियो। मेक्सिको सिटीमा घरहरू हल्लिन थालेपछि मानिसहरू आत्तिदै सडकमा निस्किएका थिए।

भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन। मेक्सिको सिटीसँग जोडिएको रोमा सरमा बिजुली अवरूद्ध भएको छ।