१२ बैशाख २०८१, बुधबार

आजबाट सुरु सङ्घीय संसद् अधिवेशन

nepal parliament building

सङ्घीय संसद् अधिवेशन आजबाट सुरु हुने भएको छ ।

प्रतिनिधिसभाको नवौँ र राष्ट्रिय सभाको दसौँ अधिवेशन आज अपराह्न ४ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा एक साथ सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको भोलिको बैठकमा अघिल्लो अधिवेशन अन्त्य भएपछि जारी भएको अध्यादेश पेस हुने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

यसैगरी आजको बैठकमा यसभन्दा अघिल्लो अधिवेशनमा सदनमा पेस भएका अध्यादेशहरू निर्णयार्थ पेस हुने कार्यसूची रहेको छ ।

बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रिय सभाको भने आज बिहान ११ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने सहायक प्रवक्ता धमलाले बताउनुभयो ।

    सम्बन्धित समाचार...