१३ बैशाख २०८१, बिहीबार

नाती–नातिना खेलाउने उमेरमा पनि बच्चा जन्माउन सकिने, बेलायतमा सरकारले गर्यो यस्तो व्यवस्था

london

एजेन्सी । नाती–नातिना खेलाउने उमेरमा परिवार सुरु गर्ने भन्ने कुरा आफैंमा अचम्मको हो । तर, बेलायतमा यो अब सम्भव हुने भएको छ । बेलायतमा मानिसहरु अब ७५ वर्षको उमेरमा पनि आमा–बाबु बन्न सक्ने भएका छन् । बोरिस जोनसनका सरकारले शुक्रकीट, डिम्ब र भ्रुण नै फ्रिज गर्ने समयसीमालाई बढाइदिएको छ । पहिले १० वर्ष रहेको यसको समयावधी अब ५५ वर्ष गराइएको छ । बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदका अनुसार यो प्रस्ताव चाँडै नै संसदमा पारितका लागि पेश हुने भएको छ ।

मन्त्री जाविदले वर्तमान स्टोरेजको समयसीमा मानिसहरुका लागि परिवार शुरु गर्ने जस्तो महत्वपूर्ण फैसला लिनका लािग बाधा भइरहेको बताए । नयाँ कानून मानिसहरुको दिमागमा चलिरहेको हलचललाई बन्द गराउने उनको तर्क थियो । स्वास्थ्य मन्त्री जाविदले भने, ‘यो कदम मानिसहरुको प्रजनन् र समानताको मुक्ति तर्फको ‘ठूलो कदम हो’ किनकी सबैका लागि समान नियम लागू हुनेछ ।’

यो फैसलाले मानिसहरुलाई परिवार नियोजनको तयारीका लागि निश्चित समय पाउने छन् । ७५ वर्षको उमेरमा प्रजजन् क्षमता ह्रास भएका कुनै पुरुष बाबु बन्न चाहे उनका लागि यो सुविधा महत्वपूर्ण हुनेछ । ती पुरुषले आफूले २० वर्षको उमेरमा फ्रिज गरेको स्पर्मको प्रयोग गरेर बाबु बन्न सक्छन् ।

बेलायतमा सामाजिक कारणले दुई तिहाई महिलाहरु ३५ वर्षको उमेरमा आफ्नो डिम्ब फ्रिज गराउने गरेका छन् । यो उमेरमा उनीहरुको प्रजनन क्षमता तीब्ररुपमा घट्ने गरेको छ । यस्तो अवस्थामा ती महिलाहरुका लागि सरकारको यो निर्णय फलदायी हुने भएको छ । उनीहरु पनि अब २० वर्षको उमेरमा आफ्नो डिम्ब सुरक्षित गर्न सक्नेछन् ।

यसका साथै आगामी १० वर्षमा गर्भधारण गर्ने बाध्यता पनि हुने छैन । ह्युमन फर्टिलाइजेशन एण्ड एम्ब्रियोलोजी अथोरिटीका अध्यक्ष जुलिया चेनले जति चाँडै एक महिलाले आफ्नो डिम्ब फ्रिज गर्छिन्, त्यसपछिको आइबीएफ गर्भधारणको सम्भावना त्यति नै उत्तम हुने बताउँछिन् । बेलायत फर्टिलिटी सोसाइटीका अध्यक्ष डा. राज माधुरले यसबाट गम्भीर रोगसँग लडिरहेका मानिसका साथै सामान्य दम्पतीलाई पनि यसले मद्दत पुर्याउने बताउँछन् ।

यसरी गएका ८ वर्षमा डिम्ब फ्रिज गराउने महिलाहरुको संख्या १० गुणा बढेको बताइएको छ । बेलायतको स्वास्थ्य र समाज हेरचाह विभाग (डीएचएससी)ले यो परिवर्तन रोयल कलेज अफ अब्स्टेट्रिशियनको रिसर्चको रिपोर्ट पश्चात दिइएको सल्लाहको आधारमा भएको हो ।

    सम्बन्धित समाचार...