६ चैत्र २०८०, मंगलवार

माधव नेपालसहितका नेता एमालेमा फर्किए क्षमा दिन्छौं नेता पाण्डे

surendra pandey 1024x705 1
फाइल फोटो

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेकपा एकीकृत समाजवादीमा गएका माधवकुमार नेपालसहितका नेताहरु पार्टीमा फर्किए क्षमा दिने बताउनु भएको छ ।

नेकपा विभाजन हुनुअघिसम्म नेपालकै समूहमा रहेका नेता पाण्डे आज त्यै समूहप्रति आक्रामक हुनुभएको हो ।

पोखरामा आज भएको कार्यक्रममा उहाँले नेकपा (एकीकृत समाजवादी)मा गएका नेताहरुले पार्टी विभाजन गरेर ठूलो गल्ती गरेको बताउनुभयो ।

१० बुँदे सहमति कार्यान्वयन गरेर एमालेलाई एकीकृत गर्ने आफूहरुको प्रयास आंशिक रुपमा सफल भएको उहाँको भनाइ छ ।

नेता पाण्डेले पार्टी विभाजनपछि नेकपा एमालेलाई ५ देखि १० प्रतिशतसम्म मात्र क्षति पुगेको बताउनुभयो ।