१३ बैशाख २०८१, बिहीबार

विभाजित दलका जनप्रतिनिधिको दल रोज्ने समय आज सकिँदै

Election Commission Nepal

दल विभाजन भएपछि निर्वाचन आयोगले जनप्रतिनिधिलाई दल रोज्न दिएको समय आज सकिँदै छ ।

एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी र जसपा विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी गठन भएपछि आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई विभाजित दल रोज्न आजसम्मको समय दिएको हो ।

निर्वाचन आयोगले गत भदौ ९ गते एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी र जसपा विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको थियो । त्यसपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधनअनुसार दल विभाजन भएको २१ दिनको समय पुग्ने गरी २२ भदौसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय दिएको थियो ।