१६ चैत्र २०८०, शुक्रबार

एकीकृत समाजवादी पार्टी रोजे कर्णालीका २८९ जना जनप्रतिनिधिले

madhav

कर्णालीमा नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) दल रोज्नेहरूको संख्या २८९ जना पुगेको छ ।

नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)दल रोज्ने जनप्रतिनिधिहरुको संख्या बढेको हो ।

६० प्रतिशत स्थानीय तहका जनप्रतिनिधि एमाले छोडेर समाजवादी रोजेको सो पार्टीका नेताहरुको दावी छ ।

दल रोज्ने अन्तिम दिन मंगलबारसम्म कर्णालीका सात जिल्लाको मोटो तथ्याङ्क आएको छ ।

कर्णालीका सात जिल्लाका ७९ वटा स्थानीय तह रहेको कर्णालीमा ०७४ को निर्वाचनमा २९ वटा स्थानीय तहमा एमाले विजयी भएको थियो ।