१४ बैशाख २०८१, शुक्रबार

पहिलो ओडीआईमा पुपुवान्युगिनीमाथि नेपालको संघर्षपूर्ण जीत

nep png2021 NKos4Sr4f8

नेपालले एकदिवसीय शृङ्खलाको पहिलो खेलमा संघर्षपूर्ण जीत हासिल गरेको छ ।

नेपालले पपुवान्यसगिनीमाथि दुई विकेटको संघर्षपूर्ण जीत हासिल गरेको हो । पुपुवान्युगिनीले प्रस्तुत गरेको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई राम्रो शुरुवात दिलाए पनि मध्यक्रमका ब्याट्सम्यान टिक्न नसक्दा नेपाल दबाबमा परेको थियो ।

तर, मध्यक्रमका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । शेखले ३० र भुर्तेलले १५ रन बनाउँदै पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे ।

रोहित पौडेलले सर्वाधिक ४१ रन बनाउँदै नेपालको पारीलाई सम्हाले । अन्त्यतिर सोमपाल कामीले २२ रन बनाउँदै नेपाललाई लक्ष्यसम्म पु–याए ।

यसअघि पपुवा न्युगिनीले अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो ।

ओमानस्थित अल अमेरत रंगशालामा टस जितेर ब्याटिङ थालेको पपुवा न्युगिनीविरुद्ध सन्दीप लामिछानेले ४, विक्रम सोब र कुशल मल्लले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

सन्दीपले १० ओभर बलिङ गर्दै केवल ३५ रन खर्चिएर ४ विकेट लिएका हुन् ।

पपुवा न्युगिनीबाट कुनै पनि खेलाडीले अर्धशतक पनि बनाउन सकेनन् । उसका लागि लेगा सियाकाले ३०, चाल्र्स अमिनीले २३ र गौडी टिकाले २२ रन बनाए र चाद सोपरले अविजित १७ रन बनाउन सफल रहे ।

    सम्बन्धित समाचार...