६ बैशाख २०८१, बिहीबार

बुधबारको संसद बैठकमा नागरिकतासम्बन्धी अध्यादेश पेस गर्ने सरकारको तयारी, अरु के के छन् संभावित कार्यसूची ?

nepal parliament building

सरकारले बुधबार बस्ने प्रतिनिधि सभाको पहिलो बैठकमा नागरिकतासम्बन्धी अध्यादेश पेस गर्ने तयारी गरेको छ ।

बुधबार अपराह्न ४ बजेका लागि बोलाइएको संसद् बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश’ पेस गर्नुहुने भएको छ ।

संसदको संभावित कार्यसूची अनुसार सरकारले दुई दर्जनभन्दा बढी अध्यादेश संसद्‍मा पेस गर्ने भएको छ। राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश पनि पेस हुने भएको छ।

यसैगरी, तेजाब तथा अन्य रासायनिक पदार्थ (नियमन) अध्यादेश पनि बुधबारको बैठकमा पेस गरिने भएको छ। आर्थिक, राष्ट्र ऋण उठाउने लगायतका अध्यादेश पनि बुधवारको बैठकमा प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ।