१४ बैशाख २०८१, शुक्रबार

पहिलो एक दिवसीय क्रिकेटमा नेपालसामू पपुवा न्युगिनीद्वारा १३५ रनको लक्ष्य

nep png2021 NKos4Sr4f8

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लीग टुको तयारीका क्रममा पपुवा न्युगिनी पिएनजीसँग खेलेको पहिलो एक दिवसीय क्रिकेट जित्न नेपालले १ सय ३५ रनको लक्ष्य पाएको छ ।

ओमानको अल अमेरत क्रिकेट ग्राउण्डमा पहिले ब्याटिङ गरेको पीएनजीले जितका लागि नेपाललाई १ सय ३५ रनको चुनौती दिएको हो । ३३ ओभरमा सबै विकेट गुमाएको पीएनजी १ सय ३४ रनमा समेटियो ।

३३ औं ओभरको अन्तिम बलमा सन्दीपले नोसैन पोकनालाई एबिडब्लु आउट गर्दा पीएनजी सस्तैमा अलआउट भयो । पीएनजीका लेगा सियाकाले ३०, चार्ल्स अमिनीले २३ र गौडी टोकाले २२ रन बनाए ।

खेलको शुरुवातदेखि नै नेपालको धारिलो बलिङसामू धरासायी बनेको पीएनजीका चाल्र्स र लेगा सियाकाले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरे । तर १२ औं ओभरमा २३ रन बनाएर खेलिरहेका अमिनीलाई सन्दीपले आसिफ शेखको हातबाट क्याच गराए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट लिए । त्यस्तै, विक्रम सोब र कुशल मल्लले समान २–२ तथा सोमपाल कामीले १ विकेट लिए । एक बल पनि खेल्न नपाएका दामेन राभू बिना कुनै स्कोर ३० औं ओभरमा रनआउट भए ।

तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभर बलिङ गर्दै ३ रन मात्र दिए । तर दोस्रो ओभरमा बलिङको जिम्मा पाएका डेब्युटान विक्रम सोबले पहिलो बलमै ओपनर टोनी उरालाई एक रनमा बोल्ड आउट गरे । त्यस ओभरमा उनले एक विकेट सहित मेडन राखे ।

डेब्यु खेलको पहिलो बलमै विकेट लिने उनी पहिलो खेलाडी हुन् । विश्व क्रिकेटमा भने यसअघि अन्य २७ खेलाडीले यो सफलता पाएका थिए । आजको खेलमा ओपनरद्धय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले टोलीमा डेब्यु गरेका हुन् ।

    सम्बन्धित समाचार...