२६ बैशाख २०८१, बुधबार

नेपालमा मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशको महिला फुटबल टिम

unnamed 1552566516218

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टिम सोमबार नेपाल आइपुगेको छ ।


बङ्गलादेशी टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली र एन्फा महिला कमिटीका पदाधिकारी लगायतले स्वागत गरेका थिए ।


बङ्गलादेशले नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल र बङ्गलादेशबिचको खेल सेप्टेम्बर भदौ २४–२७ गते दशरथ रङ्गशालामा हुनेछ । 


उज्बेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।


छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । 


एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ । 

    सम्बन्धित समाचार...