१३ बैशाख २०८१, बिहीबार

‘देश बनाउने सङ्कल्प बोकेका नेता कार्यकर्ताको पार्टी एमाले’

KP Sharma Oli 69
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले देश बनाउने सङ्कल्प बोकेका नेता कार्यकर्ताको पार्टी भएको बताउनुभएको छ ।

युवासंघले आज काठमाडौँमा आयोजना गरेको वृहत् युवा भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई समृद्ध बनाउने एमालेको अभियानमा युवा वर्गको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेकाले त्यस अभियानमा अगाडि बढ्न आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले एमालेबाट केही व्यक्तिहरूले पदको लोभमा पार्टी छाडेको उल्लेख गर्दै त्यसरी पार्टी छाड्नेहरूलाई लोभिपापीको संज्ञा दिनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले थुप्रै राम्रा काम गरेकाले ती कामको मूल्याङ्कन हुने र एमालेलाई कसैले कमजोर बनाउन नसक्ने दाबी पनि गर्नुभयो ।