८ बैशाख २०८१, शनिबार

‘सत्ता गठबन्धनकाे सहमतिमा मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ’

gyanendra bdr Karki
फाइल फोटो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको वर्तमान गठबन्धन सरकारले छिट्टै पूर्णता पाउने भएकाे छ ।

मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा आज (साेमवार) सञ्चारकर्मीसँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनमा संलग्न दलहरूको सहमतिमा सरकारले एकाध दिनभित्रै पूर्णता पाउने बताउनुभएकाे हाे ।

सरकारमा प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका तर्फबाट दुई मन्त्री र एक राज्यमन्त्री हुनुहुन्छ । यस्तै, नेकपा (माओवादी केन्द्र)का तर्फबाट दुई मन्त्री कार्यरत रहनुहुन्छ ।

सरकार विस्तारमा ढिलाइ भइरहेको भन्दै विभिन्न टिका टिप्पणी भइरहेको सन्दर्भमा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिनुभएको छ ।

गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल छन् । जनमोर्चाले सरकारलाई समर्थन गर्ने बताए पनि मन्त्रिमण्डलमा सहभागि नहुने सार्वजनिक गरिसकेको छ ।