६ पुष २०८२, आईतवार

मनसुन फेरि सक्रिय : प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

WEATHER rain

केही दिन थामिएको झरी फेरि सुरु भएको छ । पछिल्ला दिनमा हल्कादेखि मध्यम वर्षा भए पनि आइतबार रातिबाट भारी वर्षा भइरहेको छ ।काठमाडौं, सिन्धुली लगायतका क्षेत्रमा आइतबार रातिदेखि नै पानी परिरहेको छ ।

सोमबार बिहान प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा पर्दा पानी परिरहेको हो । साेमबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको रहेको महाशाखाले उल्लेख गरेको छ।

राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा प्रदेश १, बागमती र लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मंगलबार पनि धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ । महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।

बुधबार भने झरी केही थामिने देखिन्छ । बुधबार देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण गरिएको छ ।

मौसम विश्लेषण 

हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको  प्रभाव रहेको छ।

हाल मौसमको अवस्था 

हाल देशभर सामान्य देखि पूर्णतया वदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ भाद्र २१ गते (सोमबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै  र प्रदेश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ भाद्र २२ गते (मंगलबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै  र प्रदेश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

रातीदेशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिमका धेरै र बाकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ भाद्र २३ गते (बुधबार)

दिउँसोदेशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

रातीदेशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुको साथै  प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।