१५ चैत्र २०८०, बिहीबार

तत्काल विश्वासको मत नलिने र राजीनामा पनि नदिने मन मुख्यमन्त्री शाक्य

Astha Laxmi Shakya

एमाले उपाध्यक्ष तथा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सत्ता बचाउने लक्ष्यका साथ आफ्नो रणनीति बनाउन जुटेकी छन् ।

बागमती प्रदेश सरकार अल्पमतमा पर्ने भएपछि शाक्य सत्ता बचाउने लक्ष्यका साथ आफ्नो रणनीति बनाउन जुटेकी हुन् ।

उनी तत्काल विश्वासको मत नलिने र राजीनामा पनि नदिने मनस्थितिमा पुगेकी छन् ।

भदौ २ गते बागमती प्रदेशमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी एकता जोगाउन भन्दै एकाएक राजीनामा दिएर शाक्यलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो ।

बागमतीका पनि १३ सांसद माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तिर लागेपछि प्रदेशमा विभाजनको प्रष्ट चित्र मात्र देखिएन, सरकार नै अल्पमतमा पर्ने निश्चित भएको हो ।

शाक्यलाई साथ दिने ठानिएका सांसदहरु नै समाजवादीमा सामेल भएपछि उनलाई सरकार टिकाउन ठुलो चुनौतीको सामना गर्नुपर्ने देखिएको हो ।