१५ चैत्र २०८०, बिहीबार

एमसीसी कार्यान्वयन रोक्न २२ दलको कार्यगत एकता

MCC 1

एमसीसी कार्यान्वयन रोक्न २२ दलले कार्यगत एकता जनाएका छन् । एमसीसी राष्ट्रघाती भएको भन्दै २२ दल एक भएर खारेजीको माग गरेका छन् ।

एमसीसी खारेजका लागि कार्यगत एकता गर्ने दलहरुमा नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र समाजवादी लगायतका २२ वटा दल छन् ।

उनीहरुले संसदबाट एमसीसी पास हुन देशभक्त नागरिकहरुको आन्दोलन र विरोधका कारण सफल नभएको दाबी गरेका छन् । उनीहरुले नेपाल भ्रमणमा आउन लागेको एमसीसीकी उपाध्यक्षसहितको टोलीको भ्रमण पनि राष्ट्रघाती भएको भन्दै भ्रमण रोक्न माग गरेका छन् । यदि भ्रमण खारेज नभएमा विरोध प्रदर्शन गर्ने उनीहरुको चेतावनी छ ।

उनीहरुले भनेका छन्, ‘अमेरिकी सरकारद्वारा प्रायोजित राष्ट्रघाती एमसीसी परियोजना नेपालको संसदबाट अनुमोदन गराउने प्रयास देशभक्तहरुका कारण अहिलेसम्म सफल हुन सकिरहेको छैन । त्यसकै निमित्त दबाब सिर्जना गर्नका लागि उक्त परियोजनाकी उपाध्यक्षसहितको टोली नेपाल आउँदैछ ।

यो भ्रमण हाम्रो राष्ट्रहित विपरीत हुने भएकाले हामी यसको खारेजीको माग गर्दछौँ । यदि त्यसो गरिएन भने त्यसका विरुद्ध प्रदर्शनको आयोजनाहरु गरिनेछ । उक्त कार्यक्रममा सहभागीताका लागि तयार रहन सम्पूर्ण देशभक्तलाई आह्वान गर्छौँ । ठोस कार्यक्रम चाँदै सार्वजनिक गरिनेछ ।’

065332422a