१५ बैशाख २०८१, शनिबार

बलिउड अभिनेता ऋषि कपुर जो आफ्नै विवाहमा बेहोस भएका थिए

rishi kapoor death
फाइल फोटो

बलिउड अभिनेता ऋषि कपुरको शनिबार ६६ औं जन्मजयन्ती हो। उनको जन्म सन् १९५२ सेप्टेम्बर ४ मा मुम्बईमा भएको थियो । उनलाई प्रेमले सबैले ‘चिन्टु’ भनेर बोलाउँथे । उनले आफ्नो फिल्मी करियरको सुरुवात १८ वर्षको उमेरमा बाल कलाकारको रुपमा गरेका थिए ।

ऋषिले अभिनेत्री नीतू सिंहसँग विवाह गरेका हुन् । उनीहरुको निकटता सन् १९७४ मा फिल्म ‘जहरीला इन्सान’को सेटमा भएको भेटपछि बढेको हो । ऋषि नीतूलाई निकै तनाव दिने गर्दथे । यहीकारण सुटिङ सेटमा उनीहरुको कैयौंपटक झगडा परेको थियो । तर केही समयमा यो झगडा प्रेममा परिवर्तन भयो ।

निर्माता तथा निर्देशक यश चोपडाले फिल्म ‘कभी–कभी’मा ऋषिको अपोजिटमा नीतूलाई कास्ट गरेका थिए । यही फिल्मपछि उनीहरुको अफेयर सुरु भएको थियो ।

दुवैको प्रेमको चर्चा कपूर खानदानसम्म पुगेको थियो । राज कपूरले पनि ऋषिलाई विवाह गर्ने हो भने नीतूसँग गर्नु भनेर स्वीकृति दिएका थिए । दुवैको विवाहको दिन एक रोचक किस्सा भएको थियो ।

विवाहको दिन नीतूले लगाएको लेहंगा यति ठूलो थियो कि त्यसलाई सम्हाल्न नसकेर उनी बेहोस् नै भएकी थिइन् । नीतू बेहोस् भएपछि उनलाई हेर्न वरपरका मानिसको भीड लागेपछि त्यो भीड देखेर ऋषि पनि बेहोस भए । उनी घोडा चढ्नुअघि लड्न खोजिरहेका थिए । नवभारत टाइम्स