१३ बैशाख २०८१, बिहीबार

सुनसरीमा बालिका बलात्कारको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

rape

सुनसरीको दुहबी नगरपालिका–४ बाट प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी नगरपालिका–४ मालहटी टोल बस्ने ५२ वर्षीय राजु सहनी छन् ।

उनले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । भदौ १५ मा बालिकालाई सहनीले जबरजस्ती करणी गरेको सुराकका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे ईलाका प्रहरी कार्यालय दुहबीले अनुसन्धान गरिरहेको छ ।