११ बैशाख २०८१, मंगलवार

ओलीलाई झट्का, नेकपा (एस) बन्यो सुदूरपश्चिम प्रदेशसभाको प्रमुख दल

kp oli madhav nepal

नेकपा (एमाले ) छोडेर थप तीन जनाले सनाखत गरेसँगै नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभाको प्रमुख दल बनेको छ ।
नेकपा (एस) का पक्षमा अब १३ जना प्रदेश सभा सदस्य भएका छन् ।

आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारालाल तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

supa 05 20

सुदूरपश्चिम प्रदेशसभामा रहेका एमालेका १० सांसदले यसअघि नै नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका थिए । अब नेकपा (एस) र नेकपा माओवादी केन्द्र दुई दल समान हैसियतका प्रमुख दल बनेका हुन । माओवादीका पनि १३ जना प्रदेश सभा सदस्य छन् ।

यसअघि पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउन, चुनकुमारी चौधरी, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा सामेल भइसकेका थिए ।

पार्टी ०७५ जेठ २ मा फर्किएको भनिएको तर त्यस्तो निर्देशन आएन तामाङले भन्नुभयो, हामी विनाकै एमाले बनाउन खोजिएपछि हामी प्रतिगमन विरुद्ध उभिएका सबै जना नेकपा (एस) खुलेका हौ ।

आइतबार थप तीन जना सामेल भएसँगै अब नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेशसभामा १३ सांसद भएका छन् । एमालेमा भने १२ सांसदमात्र छन् । दल विभाजनपछि एमालेको तुलनामा नवगठित दल प्रदेशसभामा ठुलो देखिएको छ ।