१५ चैत्र २०८०, बिहीबार

दीक्षान्तका लागि त्रिभुवन विश्वविद्यालयले खुलायाे अनलाइन फर्म

dichhant
फाइल फोटो

त्रिभुवन विश्वविद्यालयले आगामी दीक्षान्त समारोहका लागि सोमबारदेखि अनलाइनमार्फत आवेदन फारम संकलन शुरु गर्ने भएको छ ।

२०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तमसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई दीक्षित गर्न अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको त्रिभूवन विश्वविद्यालय प्रशासन शाखाले जनाएको छ ।

ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुको संख्या करिब ३० हजार रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो

अनलाइन फारम भरेकाहरुका लागि आगामी पुसभित्रै दीक्षान्त समारोह आयोजना गर्ने त्रिभुवन विश्वविद्यालयले तयारी गरेकाे जनाइएकाे छ ।