६ बैशाख २०८१, बिहीबार

भारतविरुद्ध गतिविधि गरे कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

ministar home

भारतीय हस्तक्षेपविरुद्ध काठमाडौं लगायतका स्थानमा विरोध हुन थालेपछि गृह मन्त्रालयले फेरि कारवाहीको चेतावनी दिएको छ ।

भारतविरुद्ध हुने गतिविधि नगर्न फेरि पनि गृह मन्त्रालयले अपिल गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै सो मन्त्रालयले मित्रराष्‍टसँगको सम्बन्धमा आँच आउनेगरी नाराबाजी, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविध नगर्न अपिल गरेको हो ।

मन्त्रालयले यस्ता गतिविधिमा संलग्न भइ कानुन हातमा लिने प्रयास गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्‍त्रालयले शुक्रबार पनि यस्तै प्रकृतिको विज्ञप्ति जारी गरेको थियो । शुक्रबार कुनै पनि विदेशी परियोजना र राष्‍ट्रविरुद्ध गतिविधि गरे र अभिव्यक्ति दिए कारबाही गर्ने तेतावनी दिउको छ । पछिल्लो समय दार्चुला घटना र एमसीसी परियोजनाविरुद्ध प्रदर्शन भइरहेको छ ।

home ministry 543x768 1