१९ बैशाख २०८१, बुधबार

समृद्धिका लागि संघीयता र गणतन्त्रको स्थायित्व अपरिहार्य : मुख्यमन्त्री शाक्य

Astha Laxmi Shakya
फाइल फोटो

बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संघीयता र गणतन्त्रको स्थायित्वले मात्र विकास र समृद्धि हासिल हुने बताउनुभएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक जिल्ला समीक्षा बैठकमा बोल्दै मुख्यमन्त्री शाक्यले समृद्धिका लागि संघीयता र गणतन्त्रको स्थायित्व अपरिहार्य हुने बताउनुभएको हो ।

मुख्यमन्त्री शाक्यले भन्नुभयो, “यो व्यवस्थालाई जोगाउनु हाम्रो दायित्व हो, संघीयता र गणतन्त्रको स्थायित्वले मात्र दिगो, शान्ति, विकास र समृद्धि हासिल हुनसक्छ, उहाँले बताउनुभयो ।”

प्रदेश सरकारको महत्वबारे ब्याख्या गर्दै उहाँले थप्नुभयो, “समाजवादको लक्ष्य बोकको संविधान छ, यसको कार्यान्वयनका लागि ३ वटै सरकारले आफ्नो अवधारणा विकास गर्नु आवश्यक हुन्छ उहाँले बताउनुभयो ।” साथै उहाँले लक्ष्य जातजाति, भाषाभाषी र धर्म, संस्कृति आफ्नो चिनारी भएको हुँदा यसको संरक्षमा ध्यान दिनु अपरिहार्य भएको बताउनुभयो ।