१५ चैत्र २०८०, बिहीबार

रेल्वे कम्पनी लिमिटेडमा कार्यरत एक सय ५१ जना कर्मचारी बर्खास्त

nepal railway 1

सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडमा कार्यरत एक सय ५१ जना कर्मचारीलाई एकैपटक बर्खास्त गरेको छ ।

जनकपुर रेल सञ्चालनको सुनिश्चता नहुँदै दैनिक ज्यालादारीमा नियुक्त गरिएको कर्मचारीलाई कम्पनीले हटाएको हो । रेल सञ्चालन अनिश्चित बन्दै गएकोले कम्पनीले आर्थिकभार थेग्न नसकिने भन्दै दैनिक ज्यालादारीमा भर्ना गरिएका कर्मचारीलाई हटाएको हो ।

तत्कालीन नेपाल रेल्वे कम्पनीका महाप्रन्धक गुरु भट्टराईले आफू हट्नुभन्दा केही समय अघि मात्र हतारहतारमा एक सय ५१ जनालाई कर्मचारीमा भर्ना गर्नुभएको थियो । ती कर्मचारीको कुनै काम नभएको अवस्थामा तलब मात्र दिएर राख्न्ुपर्ने अवस्था थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले रेल्वेको महाप्रन्धकमा नियुक्त गर्नुभएका निरञ्जनकुमार झाले ती कर्मचारीलाई हटाउनुभएको हो ।

महाप्रन्धक झाले जारी गर्नुभएको सूचनामा तत्कालीन व्यवस्थापकले दैनिक ज्यालादारीमा नियुक्त गरिएका कर्मचारीहरु काममा नखटाई आफुखुसी हाजिर गर्ने कर्मचारीलाई नेपाल रेल्वे कम्पनी लिमिटेडले कुनै प्रकारको सेवा सुविधा नदिने उल्लेख छ ।