४ बैशाख २०८१, मंगलवार

खाँदबारीतर्फ आउँदै गरे ट्रक दुर्घटना हुँदा एकको निधन, १० जना घाइते, तीन जनाको अवस्था गम्भीर

accident sankhuasava 696x522 1

चिचिला गाउँपालिका–१ मा ट्रक दुर्घटना हुँदा एक जनाको निधन भएको छ । अरुण तेस्रोको ड्यामसाइट मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबाट तरकारी पुर्याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश१–०२–००१ख ८०८३ नम्बरको मिनीट्रक चिचिला–१ पात्लेमा शनिबार राति दुर्घटना हुँदा एक जनाको निधन भएको हो ।

मृत्यु हुनेमा ट्रक चालक धनकुटा महालक्ष्मी नगरपालिका–६ लेगुवाका २९ वर्षीय जनक पाण्डे रहेका छन् । उनको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । घाइते भएका १० मजदुरमध्ये तीन जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको सुवेदीले जानकारी दिनुभयो । घाइते १० मध्ये आठ जना अरुण आयोजनामा काम गर्ने भारतीय नागरिक हुन् । घाइतेमध्ये तीन जना सामान्य उपचारपछि घर फर्किएका छन् ।