१५ चैत्र २०८०, बिहीबार

न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालय अगाडि गोविन्द केसीले प्रदर्शन गर्ने

drgovindakc
फाइल फोटो

अभियन्ता प्रा.डा. गोविन्द केसीले न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालय अगाडि प्रदर्शन गर्नुहुने भएको छ । डा.केसीले विज्ञप्ति जारी गर्दै आगामी सेप्टेम्बर २० र २१ मा विश्व शान्ति, सद्भाव र समानताका लागि प्रदर्शन गर्ने जानकारी दिनुभएको हो ।

उहाँले शान्तिपूर्ण प्रदर्शनका लागि सहमागी हुन आह्वान समेत गर्नुभएको छ । विज्ञप्तिमा विश्वमा फैलिएको द्वन्द, पर्यावरणीय विनास, सबैका लागि स्वास्थ र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले प्रदर्शन गर्न लागिएको उल्लेख गरिएको छ ।

जलवायु कार्य र जलवायु न्याय, सबैका लागि कोभिड खोप सहित सबैका लागि स्वास्थ्य र शिक्षा, यमन, सोमालिया, दक्षिण सुडान, इथियोपिया, सिरिया, र मध्य अफ्रिकी गणतन्त्र लगायत युद्धग्रस्त देशहरुमा स्थायी शान्ति स्थापना गर्न सबै देशले भूमिका खेल्नु पर्ने र म्यानमार, अफगानिस्तान, यमन इथियोपिया सोमालिया दक्षिण सुडान लगायत अन्य देशका शरणार्थीहरुलाई न्यायिक र मानवीय सहायता गर्नु पर्ने लगायतका माग गर्दै प्रदर्शन आयोजना गरिएको हो।