१२ बैशाख २०८१, बुधबार

अब कता जालान् त बामदेव गौतम ?

Bamdev 768x475 1
फाइल फोटो

सबैभन्दा अस्थिर बामदेव अब कता जालान् त ?

बामदेव गौतम दोस्रो पटक एमाले छोडेका अब कता जान्छन भन्ने चासो बडेको छ ।

एमाले विभाजनमा माधव नेपाललाई साथ दिएका गौतमले एमालेबाट राजीनामा दिएका छन् भने नेकपा (एकीकृत समाजवादी)मा जान आफ्ना चार बुँदे माग अघि सारेका छन् । उनलाई नजिकबाट चिन्नेले भने गौतम सँधै अस्थिर रहने नेता भनेका छन् ।

महाकाली सन्धिमा राष्ट्रघात भएको भन्दै पहिलो पटक २०५४ सालमा एमाले फुटाएर माले बनेका बामदेव गौतमले शुक्रबार फेरि एमाले परित्याग गरेका छन ।

पहिलो पटक एमाले फुटाउदा पार्टीको ४० प्रतिसत हिस्सा लिएर माले बनाएका गौतम, दोस्रो पटक एमाले छोड्दा एक्लै निक्लिएका छन। ०५६ सालमा भएको निर्वाचनमा मालेले एक सिट पनि जित्न नसके पछि गौतम ५८ सालमा फेरी एमालेमै फर्किएका थिए ।

पटक पटक गुट परिर्वतन र अडान फेरेको भन्दै गौतमको आलोचना हुने गर्दछ। एमाले र माओवादी केन्द्र विभाजन पछि दुबै पार्टीलाई एकै स्थानमा ल्याउने भन्दै उनले राष्ट्रिय अभियान नै सञ्चालन गरे । तर असफल भए । अन्तत एमाले विभाजन हुँदा माधव नेपाललाई साथ दिन पुगे उनै एकता अभियानका संगोजक गौतम ।

गौतमले एमाले छोडे पछि नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने उद्घोष पनि यस अघि गरिसकेका छन। तर नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्दा उनले पार्टीको मार्गनिर्दशक सिद्दान्त जनताको बहुदलिय जनवाद हुनु पर्ने अडान राख्दै आएका छन ।

जबकि नेकपा एसले मार्गर्दशक समाजवाद केन्द्रीत बताउदै आएको छ। २०५४ मा एमाले विभाजन गर्न सहयोग गरेका माले महासचिव सिपि मैनालि भने बामदेव गौतम सधै अस्थिर रहेको टिप्पणी गर े।

कुनै पनि नयाँ पार्टी जनतामा भिज्न नया“ पन र उर्जा चाहिन्छ । एमाले छोडेर नेकपा नेकपा (एकीकृत समाजवादी) बनाएका माधव नेपालले जनतालाई नयाँ पन दिन सक्छन वा सक्दैनन त्यो त भविष्यले बताउछ। तर सिपि मैनालीले भने माधव नेपालले बामदेव गौतमलाई संगै लिएर हिडेको खण्डमा नेकपा (एकीकृत समाजवादी) जनतालाई नयाँ पन दिन नसक्ने दाबि गर्छन ।

बामदेव गौतम संगै लामो समय काम गरेका अर्का नेता बलराम बास्कोटा भने बामदेव गौतमले एमाले छोडेको कदमलाई स्वागत गरेका छन । एमालेमा केपी ओलीले ज्याददि गरेकै कारणले यो अवस्था आएको उनले बताए।

गौतमको भूमिकालाई लिएर एमालेजनमा विभिन्न टिक्का टिप्पणी शुरु भएको छ । तर अबको गौतमको निर्णय के हुन्छ त्यो हेर्न बाँकी छ ।