१६ चैत्र २०८०, शुक्रबार

घोराहीबाट स्वचालित पेस्तोलसहित एक जना पक्राउ

arest

दाङ । घोराहीबाट प्रहरीले स्वचालित पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ ।

रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं ९ सखी स्थायी ठेगाना भई हाल घोराही उपमहानगरपालिका वडा नं १३ बडहरा बस्ने २५ वर्षका ईन्द्रकमल बुढामगरलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बुढामगरको घरमा रहेको रा ५ प ८७६२ नम्वरकोे स्कुटरको सिटमुनि रातो प्लाष्टिकभित्र लुकाई राखेको अवस्थामा स्वचालित पेस्तोल १ थान, पेस्तोलमा प्रयोग हुने म्याग्जिन १ थान र १ राउन्ड गोली बरामद गरेको हो ।

अवैध हतियार राखेको सूचनापछि प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका बुढाविरुद्ध हातहतियार खरखजना मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।