१४ बैशाख २०८१, शुक्रबार

सीमा विवाद चीनसँग भनेर कसलाई खुसी पार्न समिति बन्यो ?

kp oli
फाइल फोटो

पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग कुनै सीमा विवाद नरहेको दाबी गर्नुभएको छ । काठमाडौंमा आज आयोजित कार्यकर्ता भेलामा अध्यक्ष ओलीले कसलाई खुसी पार्न चीनसँग सीमा विवाद भनेर समिति गठन गरियो भन्दै प्रश्न गर्नुभएको हो ।

वर्तमान सरकारले चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको उहाँको आरोप थियो ।

ओलीले आफ्नो पार्टी नफुटेर चोइटिएको भन्नुभएको छ । अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले पनि पार्टी बास्तवमा फुटेको होइन। केही बिग्रिएका तत्वहरु, धेरै वर्ष अघिदेखि बिग्रिएका थिए। जहिले पनि पार्टीमा झमेला, जहिले पनि समस्या। त्यस्ता तत्वहरु केही गएका हुन्। जसलाई चोइटिएको मात्र भन्न सकिन्छ।’

माधव नेपाल समूहले स्वार्थका लागि नयाँ पार्टी खोलेको समेत ओलीको आरोप थियो। भारतमा लंगुर र नेपालमा भुएँ भन्ने शब्द प्रयोग गर्दै ओलीले खान पायो कि त्यतै लाग्नेहरु भन्दै नेपाल समूहका नेता कार्यकर्तालाई व्यङ्ग्य गर्नुभयो।